काठमाण्डौँ — कामना सेवा विकास बैंक लिमिटेडले सर्लाही जिल्लाको हरिवन नगरपालिका ११मा ६७ औं शाखा कार्यालय संचालनमा ल्याएको छ ।
बैंकका संचालक बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरे ।
उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले उक्त शाखा प्रदेश नं २ को लागि तेस्रो शाखा भएको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा ल्याउने गरि निर्माण तथा सजावटको काम भईरहेको बताए ।
FACEBOOK COMMENTS