Warning: Undefined array key 4 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 5 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 6 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 7 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 8 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 9 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 10 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 11 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
काठमाडौं । सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा ‘सिभिल बैंक डिबेञ्चर २०८८’ निष्कासन तथा बिक्री खुला गर्न लागेको हो ।
बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यको तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । सोमध्ये एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ । बाँकी एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ। सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये पाँच प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ।
बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।
यसमा लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम सबै इकाईका लागि आवेदन दिन सकिनेछ । यसमा लगानीकर्ताले छिटोमा २८ मंसिरसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा सबै एकाइ बिक्री नभएमा भने ९ पुससम्म खुला रहनेछ ।
FACEBOOK COMMENTS