काठमाडौं । ग्रामी अवार्ड मनोनित विश्वचर्चित र्यापर राजा कुमारी कन्सर्टका लागि आज नेपाल आइपुगेकी छिन् । उनले काठमाडौंको ठमेलस्थित फरेनहाइट क्लबमा प्रस्तुति दिनेछिन् ।
दिउँसो १ बजे भारतबाट नेपाल आइपुगेकी राजा कुमारीले काठमाडौं एयरपोर्टमा ‘नमस्ते नेपाल’भन्दै संचारकर्मीलाई अभिभावदन गरेको थिईन् । नेपाली दर्शकमाझ आफूले नयाँ एल्बमबाट गीत सुनाउने बताएकि छिन् ।
कम्पनीका निर्देशक यश अग्रवाल र टोलीका सदस्य मनिष रावत, सोनम शेर्पा र निमेश अग्रवालको सहयोगमा यो कार्यक्रम नेपालमा सम्भव भएको हो ।
नेपाल उनको लागी दोस्रो भ्रमण हो । यसअघि सन् २०१७ मा नेपाल आएकी उनले पशुपतिनाथ मन्दिरमा दर्शन गरेकी थिइन् ।
FACEBOOK COMMENTS