बैतडी । नेकपा एकीकृत समाजवादी पार्टी बैतडीले संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ । एकीकृत समाजवादीले पाटन नगरपालिकाको पहिलो नगर अधिवेशन सम्पन्न गरेको हो ।
लोकेन्द्र विष्टको अध्यक्षतामा ५५ सदस्यीय नगर कमिटी गठन गरिएको हो । नगर कमिटीको उपाध्यक्षमा प्रदीप बोहरा र राम भुल चयन भएका छन् । सचिवमा गणेश पन्त चयन भएका छन् भने उपसचिवमा हरिना भट्ट, रितु भट्टराई र शिवराज भट्ट चयन भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि पार्टीका पोलिटव्यूरो सदस्य प्रमानन्द भट्ट रहेका थिए । विशिष्ट अतिथिमा प्रदेश कमिटी सहसचिव तथा पूर्व प्रदेश मन्त्री माया भट्ट, केन्द्रीय सदस्य नरेन्द्र विष्ट, जिल्ला अध्यक्ष महादेव भट्टलगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
एकीकृत समाजवादीले बैतडीका ६ स्थानीयतहमा अधिवेशन सम्पन्न गरिसकेको छ भने ४ स्थानीय तहमा अधिवेशन गर्न बाँकी रहेको छ ।
FACEBOOK COMMENTS