काठमाण्डौँ — मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले फागुन १९ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले १ः१ अनुपातमा ३२ लाख ८९ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
माघ २३ गतेसम्म कायम सेयरधनीले यो हकप्रद भर्न पाउनेछन् ।
आवेदन दिने म्याद चैत २४ गतेसम्म रहनेछ ।
बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।
लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर जमल काठमाडौं तथा मेरो माइक्रोफाइनान्सको अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
यसैगरी, आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।
FACEBOOK COMMENTS