काठमाण्डौँ — माछापुच्छ्रे बैंक लिमिटेडले ललितपुर महानगरपालिकाको पुल्चोक स्थित वडा कार्यालयमा एटिएमको औपचारिक सुरुवात गरेको छ ।
२४ घण्टा नै रकम झिक्न सकिने उक्त एटिएमको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरे ।
यस एटिएम को सुरुवात सँगै बैंकको कुल एटिएम सङ्ख्या ११५ पुगेको छ ।
बैकले ९३ वटा शाखा, ६३ शाखा रहित बैकिङ १ सय १५ वटा एटिएम मार्फत आफ्ना ग्राहाकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS