काठमाण्डौँ — जम्मु कश्मीर क्षेत्रमा बढेको तनावसँगै पाकिस्तानले आफ्नो आकाशबाट जहाज उड्न प्रतिबन्ध लगाउँदा नेपाल आउने अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार खाडी मुलुकबाट आउने सबै जहाजको रुट परिवर्तन भएको छ ।
पाकिस्तानको आकाश प्रतिबन्ध भएपछि कतार, दुबईलगायत खाडी मुलुकबाट नेपाल आउने जहाजको हवाईमार्ग बदलिएको छ, ।
नयाँ रुटअनुसार खाडी मुलुकबाट उडेका जहाज भारतको महाराष्ट्र हुँदै नेपाल आउन थालेका छन्।
यसरी रुट परिवर्तन गर्नुपर्दा आएको कठिनाइका कारण टर्किस एयरलाइन्सले काठमाडौंबाट तोकिएको मंगलबारको उडान रद्द गरेको थियो भने त्यसका कारण सयौं यात्रुले सास्ती पाएका थिए।
— कान्तिपुर
FACEBOOK COMMENTS