पोखरा पुस २, रुपन्देहीको लुम्बिनीमा आगलागी हुँदा एक दर्जन पसल जलेर नष्ट भएका छन् ।
गएराति साढे एक बजेतिर लागेको आगलागीबाट पर्यटक लक्षित १२ वटा उपहार पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
पसलमा रहेका माला, मूर्ति, ढाका, हस्तकलालगायतका सामान जलेको छ ।
आगलागीबाट ७० लाख रुपैयाँ बराबर क्षति भएको अनुमान गरिएको छ ।
जाडोमा आगो ताप्न बालेको आगोबाट पसलहरुमा आगलागी भएको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS