काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल बिदामा बसेका छन् ।
सर्वोच्च अदालत स्रोतका अनुसार न्यायाधीश फुयाँल यही कात्तिक १७, १८ र १९ गतेसम्मका लागि बिदामा बसेका हुन् ।
बिचौलिया इनम सापकोटासँगको संवाद तथा भेटघाटसहित सम्पर्क हुने गरेको भन्दै उनीमाथि प्रश्न उठेको छ ।
त्यस विषयमा उनले प्रस्टीकरण समेत दिइसकेका छन् । ’प्रधानमन्त्रीको टिमको मान्छे’ हो भनेर भेटेको भए पनि पछि मुद्दाबारे चासो राख्न थालेपछि आफूले नै उजुरी गरेर सापकोटा पक्राउ परेका फुयाँलको प्रस्टीकरण छ ।