काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जनकपुरका कप्तान हरमित सिंहले टस जितेर विराटनगरलाई ब्याटिङको निम्तो दिए ।
जनकपुर ह्याट्रिक जितको लक्ष्यमा छ । पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको जनकपुरले काठमाण्डू गोर्खाज र पोखरा एभेन्जर्सलाई हराएको थियो ।
जनकपुर तीन खेलमा चार अंकका साथ दोस्रो स्थानमा छ ।
यता, विराटनगर लगातार दोस्रो जितको खोजीमा छ । यसअघि चितवन राइनोज र कर्णालीसँग निराश भएको विराटनगरले सुदूरपश्चिम रोयल्सविरुद्ध जित निकालेको थियो ।
विराटनगर तीन खेलबाट दुई अंकका साथ छैटौँ स्थानमा छ ।
