काठमाडौं । नेपाल पेमेन्ट सोलुसन्स्ले डिजिटल इकोसिस्टम बिस्तार गर्ने क्रममा लुम्बिनी बिकास बैंक लिमिटेडसँग सहकार्यको लागि सम्झौता गरेको छ ।
नेपाल पेमेन्ट सोलुसन्स् प्रा.लिका तर्फबाट सी.इ.ओ प्रताप श्रेष्ठ, बिजनेश डेभलपमेन्ट मेनेजर सिमोन श्रेष्ठ र लुम्बिनी बिकास बैंकका तर्फबाट डेपुटी सीईओ उमेश रेग्मी, आईटी कार्ड प्रमुख विशाल जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
सम्झौतासँगै , लुम्बिनी बिकास बैंकले लेनदेन बैंकिङमा कोर क्षमताको लाभ उठाउन सक्नेछ ।
सम्झौता पश्चात लुम्बिनी बिकास बैंक लिमिटेडका ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्स्को चेक आउट, वन लिन्क, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् । नेपाल पेमेन्ट सोलुसन प्रा.लि. एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, पीएस्पीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ ।
नेपाल पेमेन्ट सोलुसन्स्ले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको छ । साथै, तिनीहरूले डिजिटल प्रविधिहरूको लाभ उठाएर उच्च स्तरीय बैंकिङ सेवाहरू र भुक्तानी समाधानहरू प्राप्त गर्नेछन्।
FACEBOOK COMMENTS