काठमाडौं । नेपालमा अर्का एक व्यक्तिमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयद्वारा बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयकी प्रवक्ता संगीता मिश्रले सो जानकारी दिइन् ।
९८ वर्षीय वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिइन् । प्रवक्ता मिश्राले संक्रमित व्यक्ति अहिले होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताएकी छन् । उनले वृद्दाको नियमित सम्पर्कमा रहेको बताएकी छन् ।
हालसम्म नेपालमा तिन जना संक्रमित भेटिएका छन् । पछिल्लो समय ओमिक्रोन भेरियन्ट विश्वका सयभन्दा बढी देशहरूमा फैलिसकेको छ।
FACEBOOK COMMENTS