काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ नीतिगत प्रवन्ध गर्दै डेढ दर्जन वस्तुको आयातमा कडाइ गरेको छ ।
नयाँ परिपत्र अनुसार अब प्रतीतपत्र (एलसी) खोल्नुअघि नै तोकिएका वस्तुमा तोकिएको दरमा अनिवार्य नगद जम्मा गरिनुपर्ने भएको छ ।
त्यसो त, परिपत्र–२०७६ को प्रतीतपत्र (एलसी) मा केन्द्रीय बैंकले आयातमा मार्जिन व्यवस्थासम्बन्धी आयातमा मार्जिन अनिवार्य राख्नुपर्ने व्यवस्था गरिदिएको हो । तर यसअघि भने एलसीका लागि मार्जिन राख्ने÷नराख्ने निर्णय भने बैंकहरूले नै गर्ने गरेका थिए ।
ती वस्तु के–के हुन् ?
चकलेट, चुइगम, इनर्जी ड्रिङ्क, चुरोट, अत्तर, शृङ्गार सामग्री, स्याम्पु, कपालमा लगाउने तेल, काठका सामग्री÷फर्निचर, जुत्ता, टोपी, छाता, कृत्रिम फूल, मार्बल, ट्वाइलेट÷भान्छाकोठाका सामग्री, चाँदी, फलामका फर्निचर र प्लास्टिकका फर्निचर आयात गर्न बैंकमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको हो ।
त्यस्तै सरकारी निकाय, कूटनीतिक नियोग र अस्पतालका लागि आवश्यक सामान, औद्योगिक कच्चापदार्थ, औषधिजन्य प्रयोजनका सामग्री, विद्युतीय र शारीरिक अशक्त व्यक्तिले चलाउने मोटरसाइकल तथा स्कुटर र विद्युतीय सवारी आयात गर्न भने मार्जिन राख्नुपर्ने व्यवस्था गरिएको छैन । तर, पेट्रोलियम पदार्थबाट चल्ने गाडी आयातमा ५० प्रतिशत मार्जिन राख्नुपर्नेछ ।
यस्ता विदेशबाट आयात हुने सामानमा गरिएको कडाईले सामानको मुल्य स्वतः बढ्ने हुन्छ जसको प्रत्यक्ष असर उपभोक्तालाई पर्ने देखिन्छ ।
FACEBOOK COMMENTS