काठमाण्डौँ — सरकारले राइड–सेयरिङ एप टुटल र पठाओको कर परीक्षण अन्तिम चरणमा पुर्याएको छ।
आन्तरिक राजस्व विभागले टुटलसँगै यस्तै प्रकृतिको सेवा सञ्चालन गरिरहेको पठाओको पनि मूल्य अभिवृद्धिकर (भ्याट) र आयकरको अनुसन्धान गरिरहेको छ।
टुटल सञ्चालन गरिरहेको हाइपर लुक्स नेपालले भ्याटमा दर्ता नभई उपभोक्ताबाट भ्याट उठाएको भेटिएपछि अनुसन्धान सुरु गरेको थियो।
पठाओको सेवा पनि एउटै प्रकृतिको भएकाले विभागले दुवै कम्पनीको कारोबारको भ्याट र आयकर परीक्षण गरिरहेको जनाएको छ।
हामीले दुवै फर्मको अहिलेसम्मको कारोबारलाई समेटेर भ्याट र आयकर परीक्षण गरिरहेका विभागका प्रवक्ता यज्ञ ढुंगेलले बताए ।
टुटलले भ्याट छलेको प्रकरणबाट सुरु गरेको अनुसन्धानलाई विभागले उसको आयकर परीक्षणमा विस्तार गरेको थियो।
— नागरीक
FACEBOOK COMMENTS