काठमाण्डौँ — प्रभु बैंकले ८ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरेको छ ।
बैंकको १७ औं वार्षिक साधारण सभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सामान्य तथा विशेष प्रस्तावहरु पारित गर्दै बैंकले गत आ.व. २०७४/७५ को मुनाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरेको हो ।
साधारणसभाले संस्थापक समूह तर्पm कायम रहेको ६१.३१ प्रतिशत र सर्वसाधारण समूहतर्पm कायमरहेको ३८.६९ प्रतिशतको शेयर संरचना परिवर्तन गरी संस्थापक समुहतर्फ ५५ प्रतिशत र सर्वसाधारण समूहतर्फ ४५ प्रतिशत कायम हुने गरी बैंकको जारी तथा चुक्तापूँजीको संरचना परिवर्तन गर्ने निर्णय गरी सोही बमोजिम बैंकको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरेको छ ।
साथै, बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गतआ.व. २०७४/७५को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ ।
देशकाविभिन्न स्थानमा शाखा रहित बैंकिङ्ग सेवा, १० वटा एक्स्टेन्सन काउण्टर कार्यालय, १३२ वटा एटिएम मेशिन तथा १६५ शाखा कार्यालय सहित देशभर फैलिएको ठूलो बैंकिङ्ग सञ्जालको माध्यमबाट १२ लाख भन्दाबढि ग्राहकहरुलाई प्रत्यक्ष गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।
FACEBOOK COMMENTS