काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैँकको प्रकाशित ३५ औँ बार्षिक प्रतिबेदन अनुसार बैँकका सिइओ ज्योति प्रकाश पाण्डेले एक वर्षमा ३ करोड ६ लाख ३४ हजार रुपैयाँ तलब भत्ता लिएका छन् ।
पाण्डेले आर्थिक वर्ष २०७७/०७८ मा उतm तलव भत्ता लिएका हुन् । बैँकको वार्षिक प्रविेदनका अनुसार सिइओे पाण्डेले तलव बापत १ करोड ६० लाख ७६ हजार रुपैयाँ , भत्ता बापत १ करोड ७ लाख १७ हजार रुपैयाँ, दशैं भत्ता बापत २२ लाख ३३ हजार रुपैयाँ लिएका छन् । सञ्च्य कोषमा १६ लाख ८ हजार रुपैयाँ जम्मा भएको छ ।
बैँकका संचालक समितिका अध्यक्षले बैठक भत्ता तथा अन्य सुविधा मार्फेत रु १५ हजार लिएका छन् भने गत वर्षकुल बैठक भत्ता ३ लाख रहेको थियो। त्यस्तैँ ५० लिटर ईन्धन प्रयोग गरेका छन् ।
संचालक समितिका अन्य सदस्यले प्रति बैठक भत्ता तथा अन्य सुविधाका मार्फेत . १२ हजारका दरले २६ लाख ७२ हजार रुपैयाँ र मांसिक प्रति सञ्चालक ५० लिटर ईन्धन प्रयोग गरेका छन् ।
FACEBOOK COMMENTS