काठमाण्डौं– सरकारले पुँजी गत खर्च नहुनुको प्रमुख कारण भुक्तानि ढिलो हुनु भनेको छ ।
आर्थीक वर्ष २०७५÷७६को बजेटको अर्धवार्षिक समिक्षा प्रतिवेदन सार्वजानिक गर्दै मन्त्रालयले यस्तो बताएको हो ।
समिक्षा कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले काम भएको ठाउँमा पनि समयमै भुक्तानी नहुँदा विकास खर्च कम देखीएको दाबी गरेका छन् ।
उनले सरकार संघिय संरचनामा जाँदा धेरे संरचना निमार्ण गर्नु पर्दा लक्ष्य अनुसार खर्च नभएको बताएका हुन् ।
पुन निमार्णको हकमा विदेशी अनुदान वाचा अनुसारको लिन नसक्दा रकमान्तर मार्फत काम गर्नु परेको बताएका छन् ।
विदेशीका सर्त हामी मान्न तयार नभएकाले अनुदानको रकम लिन नसकेको स्पष्ट पारे ।
त्यस्तै अर्थमन्त्री खतिवडाले अघिल्लो वर्षको आर्थीक वर्ष संग यो वर्ष तुलना गर्न नमिल्ने बताएका छन् ।
अघिल्लो वर्ष चुनावको वर्ष भएकाले २० अर्व वढी त चुनावमा खर्च भएकाले यो वर्षको खर्च तुलना गर्न नमिल्ने बताएका हुन् ।
FACEBOOK COMMENTS