काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन दिईसकेकाले पुनः आवेदन दिनुपर्ने भएको छ ।
सरकारले सूचना जारी गरेको मितिले १५ दिनभित्र आवश्यक योग्यता पुगेका व्यक्तिहरुले बोर्डको अध्यक्ष पदका लागि आवेदन दिन सक्नेछन् । आवेदन आह्वान गर्दै बोर्डले आज बिहीबार पुनः सूचना प्रकाशित गरेको छ ।
यसअघि कात्तिक ११ गतेको सूचनाका आधारमा आवेदन दिएकाहरुले समेत पुनः आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । यसअघिका आवेदकहरुले आवेदन फिर्ता लिन चाहेमा भने १५ दिन भित्र छनोट तथा सिफारिस समितिसमक्ष निवेदन दिनुपर्नेछ । आवेदन फिर्ता लिने आवेदकहरुले तिरेको राजस्व फिर्ता गरिने पनि मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य शिलबन्दी आवेदन दिन छनोट तथा सिफारिस समितिले आग्रह गरेको छ ।
FACEBOOK COMMENTS