काठमाण्डौँ — महालक्ष्मी विकास बैंकको बेलौरी तथा धार्के शाखाले बैलौरी शाखाले रु.२५००० छात्रवृती प्रदान गरेको छ ।
बेलौरी नगरपालिकावार्ड नं ५, रामनगर कञ्चनपुर स्थित श्री जन नमुना माध्यमिक विद्यालयका जेहेन्दार तथाआर्थिक स्थिति कमजोर भएका १० जना विद्यार्थीहरु छनोट गरी छात्रवृती स्वरुप प्रदान गरेको हो ।
यसैगरी बैंकको धार्के शाखाले धादिङ्ग जिल्लाको तसर्पु गाउँमा बसोबास गर्ने विपन्न वर्गीय जेष्ठ नागरिकहरु तथा स्थानीय विद्यालयका विद्यार्थीहरुका लागि स्वस्थकर खाना खुवाउने उद्देश्यले रु.२५,०००० आर्थिक सहयोग प्रदान गरेको छ ।
बैंकले आगामी दिनहरुमा अझ प्रभावकारी सामाजिक हितका कार्यहरु गर्ने प्रतिबद्धता जनाएको छ ।
FACEBOOK COMMENTS