काठमाण्डौँ — एन आई सी एशिया क्यापिटलले नयाँ ग्राहाकहरुका लागि आफ्ना सेवा शुल्कहरुमा विशेष छुटको योजना ल्याएको छ ।
सो सुविधा अन्तर्गत एन आई सी एशियाको डिम्याट खातामा २२ देखि चैत ६ का लागि पूर्ण रुपमा निस्शुल्क गरिएको छ ।
साथै एक महिनाका लागि २२ गतेदेखि चैत २२गते सम्म लगानी व्यवस्थापन सेवाको संपुर्ण शुल्कहरुमा ५०% छुटको व्यवस्था गरेको छ ।
एन आई सी एशिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकाल देखि नै गुणस्तरिय सेवा मार्फत लगानीकर्ताहरुलाई पुंजी बजारमा सवल तथा सुसुचित भई लगानी गर्न प्रोत्साहन गर्दै आईरहेको छ ।
डिम्याट खाता संगै एन आई सी एशिया क्यापिटलले पुंजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन, निष्काशन तथा विक्रीप्रबन्धक, लगानी परामर्श सेवा, धितोपत्रदर्ता सेवा प्रदान गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS