काठमाण्डौँ — डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका खातिज्युलास्थित जडीबुटी प्रशोधन उद्योग पुनः सञ्चालनमा आएको छ ।
पुस दोस्रो सातादेखि पिरे घाँस प्रशोधन गरी १ सय ४० लिटर तेल उत्पादन गरिएको प्रबन्धक प्रकाश बूढाको भनाइ छ ।
भुल्ते, बोझो, पिरे घाँसलगायत जडीबुटी स्थानीयस्तरमै प्रशोधन गर्न ०६३ मा १६ लाख लागतमा उद्योग स्थापना गरिएको थियो ।
यो उद्योग आर्थिक अभावमा बन्द थियो ।
प्रदेश सरकारले ५० लाख बजेट उपलब्ध गराएपछि मर्मत गरी सञ्चालन गरिएको हो ।
वनमा खेर गइरहेको पिरे घाँस प्रयोगमा आउने भएपछि स्थानीय खुसी भएका छन् ।
पिरे घाँसको तेल भारत, अस्ट्रेलिया, पाकिस्तान र चीनलगायत देशमा प्रतिलिटर ७ हजारदेखि १२ हजार रुपैयाँसम्म पर्ने जनाइएको छ ।
— अन्नपुर्ण
FACEBOOK COMMENTS