काठमाण्डौँ — सरकारले बैंशाखदेखि अनिवार्य रुपमा प्यान नंम्बर लागु गर्ने भएको छ ।
लगानीकर्ताहरुले भने तत्कालललाई प्यान नंम्वर स्वेक्षिक रुपमा लागु गर्नुपर्ने र यसलाई विस्तारै अनिवार्य गर्नुपर्ने माग गरेका छन् ।
तत्कालै अनिवार्य गर्दा दोस्रो बजारमा झनै प्रभाव पर्ने नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए ।
शेयर विक्री गर्नेलाई प्यान अनिवार्य नहुने तर खरिदकर्तालाइ अनिवार्य गर्ने तयारी सरकारको छ ।
शेयर कारोबार गर्दा ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकर बुझाउनुपर्ने हुन्छ ।
प्यान कार्ड लागु गरेपछि बैंधानीक च्यानलबाट कमाएको पैसा मात्र शेयरमा लगानी गर्न सकिने छ ।
प्यान नंम्बर लागु भएपछि पूँजीगत लाभकरमा हुने चुहावट रोकिने विश्वास समेत सरकारको छ ।
FACEBOOK COMMENTS