काठमाण्डौँ — स्पर्श लघुवित्तको शेयरमा अत्याधिक आवेदन परेको छ ।
आइतबारदेखि सर्वसाधारण्का लागि प्राथमिक शेयर निष्काशन गरेको लघुवित्तले दोस्रो दिन सम्म माग भन्दा १८ गुणा बढी रकमको आवेदन परेको जनाएको छ ।
सोमबारसम्म १ लाख ७१ हजार भन्दा बढी आवेदकले ४६ लाख ६२ हजार ७०० कित्ताको लागि आवेदन दिएको विक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।
सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम १ हजार ३ सय ४० कित्तासम्म शेयर आवेदन दिन सक्ने छन् ।
FACEBOOK COMMENTS