काठमाण्डौँ — विद्युतीय कार निर्माता कम्पनी टेस्लाले चीनमा विद्युतीय कार निर्माणका लागि कारखाना खोल्न चिनियाँ बैंकबाट ५२ करोड डलर ऋण प्राप्त गरेको छ ।
यो कारखाना सांघाई नजिक निर्माण गरिने कम्पनीले जनाएको छ ।
चीनको कारखानामा टेस्लाले मोडेल ३ का सेडान कारहरु उत्पादन गर्नेछ ।
प्रारम्भमा त्यहाँबाट सातामा ३ हजार कार उत्पादन हुनेछन् भने वार्षिक पाँच लाख थान कार उत्पादन गर्ने लक्ष्य कम्पनीको छ ।
कार उत्पादन यसै वर्षको अन्त्यदेखि हुने टेस्लाका प्रमुख कार्यकारी एलन मस्कले बताए ।
— कारोबार
FACEBOOK COMMENTS