काठमाण्डौँ — माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
आगामी असारभित्रै विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको योजना प्रमुख फणिन्द्र राज जोशीले जानकारी दिए ।
आयोजनाको सिभिलतर्फ ९८ प्रतिशत, इलेक्ट्रोमेकानिकलतर्फ ७५ प्रतिशत र हाइड्रोमेकानिकलतर्फ ८८ प्रतिशत एवं प्रसारण लाइन विस्तारको कार्य ९५ प्रतिशत काम पूरा भएको छ ।
आयोजनाको मुख्य संरचना हेडवक्र्स (बाँध), सुरुङ तथा विद्युत् गृहको परीक्षण आगामी चैत १ देखि शुरु गर्न लागिएको आयोजनाका उपप्रबन्धक इञ्जिनीयर सत्यराम ज्याख्वाले जानकारी दिए ।
वैशाख १५ सम्म परीक्षण समयअवधी लाग्ने र त्यसलगत्तै विद्युत् उत्पादन शुरु गर्ने गरी निर्माणलाई तिव्र बनाइएको छ ।
FACEBOOK COMMENTS