काठमाण्डौं– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आफुले मन्त्रालय सम्हालेको एक वर्षमा गरेको कामका विवरण सार्वजानिक गरेका छन् ।
मन्त्री पुनले गत वैशाख २५ मा मार्ग चित्र सहितको स्वेत पत्र जारी गरेका थिए ।
उनले सफलता मापन गर्ने समय नआएको भन्दै श्वेतपत्रले लिएको मार्गचित्रको आधार भएको बताएका छन् ।
उनले कानुनी तथा नीतिगत सुधार , दिवपक्षीय र बहुपक्षीय सम्झौताको कार्यन्यन, राष्ट्रिय गौरवका आयोजनाहरुमा प्रगति, बहुउद्देश्यीय योजना तथा अन्तरदेशीय आयोजनाहरुको प्रगतिको विषयमा जानकारी गराएका थिए ।
एक वर्षे कार्यकालमा उनले नेपाली जनाताको पानी जनताको लागानी, हरेक नेपाली विद्युतिको शेयरधनीको कार्यक्रम शुरु भएको प्रगतिको विषय मानिएको छ । जनताको जलविद्युत कार्यक्रमले हिमाल, पाहाड , तराईका हरेक नेपाली जनतालाई जलविद्युतमा लगानीको अवसर प्रदान गर्ने लक्ष्य राखी १९ वटा जलविद्युत आयोजनाहरुको छनौट गरिएको जनाएको छ ।
त्यस्तै राष्ट्रिय प्रशारण लाईनमा स्वाउले सवस्टेशन, पहलवानपुर सवस्टेशन, भुरिगाउ सवस्टेसन निमार्ण सम्पन्न भई सञ्चालनमा आएको जनाएका छन् ।
हेटौडा– ढल्केवर–इनरुवा, ढल्केवर–मुजफ्फुर, कोशी कोरिडोर लगाएतमा तिव्र गतिमा काम अघि बढेको जनाएका छन् ।
यो अवधीमा २ हजार ८ सय ८२ मेगावट क्षमताका २५ वटा जलविद्युत आयोजनाहरुको विद्युत उत्पादन अनुमतिपत्र जारी भई हालसम्म कूल ७ हजार ४ सय ९० मेगावट क्षमताका १७४ वटा जलविद्युत आयोजनाहरु विभिन्न चरणमा रहेको जनाएको छ ।
सिंचाइ पूर्वधार विकासमा ३ हजार ५ सय ८७ हेक्टर, भूमिगत सिंचाइबाट २९ हजार ५२८ हेक्टर र नयाँ प्रविधिमा आधारित सिंचाइ कार्यक्रमबाट १ हजार ५ सय ३६ हेक्टर गरी जम्मा थप ३४ हजार ६ सय ५१ हेक्टर जमिनमा सिंचाइ संरचना विकास भई हाल कूल १४ लाख ७३ हजार ९सय ५६ हेक्टर कृषि योग्य जमिनमा सिंचाइ सेवाको लागि पूर्वधार विकास भएको जनाइएको छ ।
FACEBOOK COMMENTS