काठमाण्डौं– चीन सरकारले नेपालको चिया उद्योगमा बिकास र प्रवर्द्धनको लागि जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
चीन भ्रमणमा रहेका कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनाल नेतृत्वको प्रतिनिधि मन्डल र सिचुवान प्रान्तको इबिन नगरका उपमेयर चाङ पिङ नेतृत्वको टोलिबीच भएको भेटमा चिनियाँ टोलिले यस्तो प्रतिबद्धता जनाएको हो ।
चीनले नेपालसगं मिलेर संयुक्त रुपमा चियाको बिकास र बिस्तार गर्न पनि तयार रहेको बताएको छ ।
चीनले चियाको लागि प्रोसेसिङ प्लान्ट बिस्तार र प्रविधि सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।
जवाफमा मन्त्री खनालले चीनसङको पुरानो सम्बन्धलाई थप प्रगाढ बनाउदै बहुआयामिक बनाउनु पर्ने बताए ।
उनले नेपालले चिया तथा कफीमा राम्रो सुरुवात गरेको भए पनि अझै उत्कृष्ट बन्न नसेको अबस्थामा नेपाल सरकारले निर्यात गर्ने कृषि उपजको रुपमा चिया र कफिलाइ उच्च प्राथमिकता राखेको बताए । त्यसको लागि चीन सरकारको सहयोग चाहिने उनको भनाइ छ ।
खनालले गत वर्ष ५१ हजार किलो चिया चीन निर्यात गरेको जानकारी दिदै अझै गुणस्तरीय चिया निर्यात गर्न चाहेको बताए ।
FACEBOOK COMMENTS