नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई बेस्ट बाइ’ योजना ल्याएको छ ।
नेपालभर लागू हुने यो योजनामार्फत ग्राहकहरूले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न सुविधाहरू प्राप्त हुने सो प्रालिले जानकारी दिएको छ ।
योजनामार्फत ग्राहकले ५० हजार रुपैयाँसम्म बेस्ट बाइबोनस, एक वर्षको निःशुल्क बृहत् बीमा तथा सडक कर, ३० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, ४ लाख रुपैयाँसम्म नगद छुटका साथै स्पट एक्सचेन्ज र भ्यालुएशन पनि पाउन सक्ने हुण्डाई विक्रेताको दाबी छ । साथै, हरेक हुन्डाई गाडीमा ६ वर्षको निःशुल्क सेवा र ३ वर्षको वारेन्टी रहेको पनि कम्पनीले जानकारी दिएको छ।
नयाँ ‘बेस्ट बाइ’ योजना २०७८ चैत्र १९ सम्म लागू हुने बताइएको छ ।
FACEBOOK COMMENTS