काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन् ।
पौडेलले आगामी वैशाख १ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएपछि पौडेलले बीमा कम्पनीमा जागिर खान गएका थिए ।
राष्ट्र बैंकका पूर्वप्रवक्ता समेत रहेका पौडेलले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको बताइएको छ ।
FACEBOOK COMMENTS