काठमाण्डौं — ताप्लेजुङको कञ्चनजंघा संरक्षण क्षेत्रले पर्यटकीय पदमार्ग छोट्याउने भएको छ ।
फक्तालुङ गाउँपालिका ६ लेलेपको जौबारीबाट पदमार्ग ठाङगेन निकाल्न लागिएको हो ।
अम्जिलेसाका बासिन्दाले भने आफूहरुको रोजीरोटी खोस्न थालिएको भन्दै विरोध गरेका छन् ।
उनीहरुले संरक्षण क्षेत्र र गाउँपालिकाले एउटा बस्तीलाई नै ओझेलमा पार्न खोजेको आरोप लगाए ।
सडक नसारिदिन उनीहरुको आग्रह छ ।
कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बू भने जौबारीदेखि घुन्सा खोलाको किनारैकिनार मार्ग ठाङगेन पुर्याउने बताउँछन् ।
उनका अनुसार यहाँ छिरिङकिपा गेष्ट हाउसका फुपु, लालीगुराँसका लाक्पा, ङिमा छेतेन र दोर्जे शेर्पाको परिवार पर्यटन व्यवसायमा आश्रित छ ।
तर फेम्वु भने दुइटा मात्रै व्यावसायिक होटल रहेको बताउँछन् ।
पर्यटककै लागि उनीहरु दोबाटो कुरेर बसेको उनले बताए ।
कञ्चनजंघा संरक्षणक्षेत्र व्यवस्थापन समितिका सचिव छेतेन वालुङले भने व्यावसायिक रुपमा विस्थापित हुने परिवारलाई बाटो जोडिने ठाउँमा निश्चित अवधिका लागि व्यापारको व्यवस्था गर्ने बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS