काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले स्रोत परिचालन गरेर छोटो समयमै चामत्कारिक विकास गर्ने बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारण सभालाई बिहीबार सम्बोधन गर्दै प्रम ओलीले आवश्यक परे खनिज र पेट्राल उत्खनन गरेरै भए पनि समृद्धिको अभियान साकार पारिने बताए।
समृद्धि सरकारको पहिलो शर्त भएको र यसको लागि स्रोत परिचालन गरिने बताउँदै उनले समृद्धिसहितको सुशासनयुक्त देश बनाउन चाहेको स्पष्ट पारे।
निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको भन्दै ओलीले उद्योग र उन्नतिका क्षेत्रमा ५५ प्रतिशत सहभागी हुनुपर्ने धारणा राखे।
— नागरीक
