काठमाडौँ — विभिन्न सात दल सम्बद्ध महिला नेतृहरुले चेम्बरका पदाधिकारीसँग छलफल गरेका छन् ।
जमल स्थित नेपाल चेम्बरको भवनमा सम्पन्न उक्त छलफलका क्रममा पूर्व मन्त्री कल्पना धमला, पूर्व सभासद प्रतिक्षा तिवारी सहित बिस जना नेतृहरु सम्मिलित टोलीले महिलाको आर्थिक सशक्तिकरणमा नेपाल महिला चेम्बरको भूमिकाका बिषयमा केन्द्रित रहेर चेम्बर पदाधिकारी माझ जिज्ञासा राखेको थियो ।
छलफलका क्रममा महिला नेतृहरुले राखेका जिज्ञासालाई नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले सम्बोधन गरेका थिए ।
FACEBOOK COMMENTS