काठमाण्डौँ — प्रभु बैंकले “प्रभु चेतना बचत खाता” नामको नयाँ बैंक खाता सञ्चालनमा ल्याएको छ ।
नेपाल सरकारको “खोलौं बैंक खाता अभियान, २०७६” भन्ने नेपाल सरकारको अभियानलाई सफल रुपमा कार्यान्वयन गर्न प्रभु बैंकले उक्त खाता सञ्चालनमा ल्याएको हो ।
“प्रभु चेतना बचत खाता” खोलिने प्रत्येक खातामा बैंकको तर्फबाट एक सय रुपैयाँ जम्मा गरिदिने व्यवस्था रहेको छ ।
यस खातामा जम्मा हुने रकममा वार्षिक ५ प्रतिशतका दरले ब्याज प्राप्त हुनेछ ।
“प्रभु चेतना बचत खाता” अन्तर्गत खोलिने हरेक खातामा १ वर्षको लागि निशुल्क भिसा कार्ड तथा एसएमएस सेवा शुल्कमा ५० प्रतिशत छुट सुविधाको व्यवस्था रहेको छ ।
FACEBOOK COMMENTS