काठमाडौँ। फोहोर व्यवस्थापनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौँ महानगरका प्रमुख बालेन शाहबीच छलफल भएको छ। प्रधानमन्त्री देउवाले प्रमुख शाहलाई बोलाएर फोहोर व्यवस्थापनका विषयमा जानकारी लिएका हुन्।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मेयर शाहलाई बोलाएर देउवाले फोहोर व्यवस्थापनका विषयमा जानकारी लिएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ।
त्यस क्रममा प्रधानमन्त्री देउवाले काठमाडौंको फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न सरकारको साथ रहने बताएको जनाइएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाले बञ्चरेडाँडका स्थानीयवासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दीर्घकालिन समाधान खोज्न सुझाव दिए । प्रधानमन्त्री देउवा र मेयर साहबीच यसअघि पनि भेट भएको थियो ।
FACEBOOK COMMENTS