काठमाडौँ । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य वृद्धि गरेको छ। बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२÷१२ रुपैयाँ बढाउने निर्णय गरेको आयल निगमले जनाएको छ ।
यसअघि जेठ १९ गते पूर्वाधार करबराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो । बिहीबारको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल÷मट्टितेलको १ सय ६५ रुपैयाँ पर्नेछ ।
खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको आयल निगमले जनाएको छ ।
FACEBOOK COMMENTS