काठमाडौं, साउन २०। नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड र सान्जेन जलविद्युत कम्पनीको शेयर सुचिकृत भएको छ। नेप्सेले सोमबार आफ्नो कार्यालयमा पत्रकार सम्मेलन गरी उक्त दुई कम्पनीसँग शेयर सुचिकृत सम्बन्धि हस्ताक्षर गरेको हो।
सम्झौतापत्रमा नेप्सेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद र रसुवागढी हाइड्रोपावरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्व मल्लले हस्ताक्षर गरेका छन् भने साञ्जेन जलविद्युत कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरे।
रसुवागढी हाइड्रोपावर, साञ्जेन जलविद्युत र नेप्सेबीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य १०० रुपैयाँ कायम भएको साञ्जेनको ३ करोड २८ लाख ५० हजार कित्ता शेयर र रसुवागढीको ६ करोड १५ लाख ७८ हजार ९०० कित्ता शेयर सूचीकरण भएको छ।
रसुवागढी र साञ्जेनका शेयरहरु दोस्रो बजारमा सुचिकृत भए पश्चात सरकारको यसले दोस्रो बजारमा तरलता उपलब्ध गराई लगानीकर्ताको मनोवल वृद्धि गर्ने सहयोग पुग्ने नेप्सेको विश्वास छ।
FACEBOOK COMMENTS