काठमाडौं, साउन २३ । ग्लोबल आइएमई बैंक लिमिटेडले तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले धनकुटा नगरपालिका १ हिले बजारमा, सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका ६ नयाँ बजार र खोटाङ्गको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका १ दिक्तेल बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । नयाँ ३ वटा शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १४० पुगेको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले हाल १४० शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४८ एटिएम, १७९ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना ११ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS