काठमाडौं, भदौ ५ । राष्ट्रिय वाणिज्य बैंक र हेफर इन्टरनेशनल नेपाल बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
हेफर इन्टरनेशनलका बरिष्ठ उपाध्यक्ष डा।महेन्द्रनाथ लोहनीको उपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा।शम्भु नारायण महतो ले हस्ताक्षर गरेका हुन् ।
सम्झौता पछि हेफर इन्टरनेशनल नेपालको सिफारिसमा बाख्रपालन, डोरी व्यवसाय, तरकारी खेती र लोकल कुखुरा पालनमा संलग्न सहकारी सदस्यका कृषकहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत सहुलियत दरमा कर्जा लगानी गर्नेछ ।
यस सम्झौता पश्चात राज्यले लिएको नीति तथा कार्यक्रममा सहयोग पुग्ने गरी जनताको जीवनस्तरमा परिवर्तन आउने गरी राष्ट्रिय वाणिज्य बैंकले कृषि उद्यमी गर्न चाहने कृषकहरुलाई सहूलियत रुपमा कर्जा लगानी गरिने बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । उनले बैंकको ७ प्रदेश ७७ वटै जिल्लामा रहेको २२२ वटै शाखा कार्यालयहरुबाट यो कर्जा लिन सकिने बताए ।
FACEBOOK COMMENTS