काठमाडौं, भदौ ५ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाईको नयाँ ‘हुन्डाई भेन्यू’ गाडी नेपाल ल्याएको छ । नाडा अटो शो लाई लक्षित गरी लक्ष्मी इन्टरकन्टिनेन्टलले उक्त गाडी भित्र्याएको हो । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई भेन्यू एक समारोहबीच सार्वजनिक गरेको हो ।
हुन्डाई भेन्यू–३ भिन्न इन्जिन अप्सनमा उपलब्ध हुने भएको छ । १.२ लिटर पेट्रोल इन्जिन कप्पा डुअल भीटीभीटी टेक्नोलोजी रहेको छ । जसको ८३ पीएस ४००० आरपीएम रहने तथा १.० टर्बो पेट्रोल इन्जिन कप्पा डुअल भीटीभीटी टेक्नोलोजी जसको सर्वाधिक पावर १२० पिएस ६००० आरपीएमको रहने कम्पनीले जनाएको छ । हुन्डाई भेन्यूले ७ स्पिड डीसीटीको पनि उपलब्धता दिने बताएको छ ।
हुन्डाई भेन्यू स्मार्ट इलेक्ट्रिक सन् रुफ, आकर्षक क्रोमयुक्त फ्रन्ट ग्रिल तथा स्पोर्टी रुफ रेल ले सु–सज्जित छ । यसको आर १६ डायमण्ड कट एसोड पाङग्रा तथा हिल एसिस्ट कन्ट्रोलले नौलो र उत्साहजनक सवारी अनुभव दिने भएको छ ।
भेन्यूमा बत्तीहरुको जडान सुन्दर तथा आधुनिक रुपमा गरिएको छ । जसअन्तर्गत कर्नरिङ लाइट, प्रोजेक्टर फग लाइट तथा क्रिष्टल सहितको लेड लाइटलगायतका विशेष छन् ।
हुन्डाई गाडीको यात्रा रियोस्टयाट सहितको एड्भान्स सुपरभिजन क्लमटर, ड्राईभर रे भ्यू मिरर, भेहिकल स्टेयिलिटी म्यानेमेन्ट तथा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र सुरक्षित यात्रा हुने कम्पनीको भनाइ छ । यसमा थप वाइरलेन्स फोन चार्जर, क्रुज कन्ट्रोल सहितको २०.३२ सेन्टिमिटरको एच डी डिस्प्ले, एअर प्युरिफायर तथा रिएर ए सि भेन्ट रहेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टर मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठुला अटोमोबाइल उत्पादक पर्दछ ।
FACEBOOK COMMENTS