काठमाडौं । मंसिर चार गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विद्युतीय भोटिङ मेसिनको प्रयोग नहुने भएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले, सरकारले समयमा विद्युतीय मतदान मेसिन नदिएका कारण ४ मंसिरको चुनावमा भोटिङ मेसिनकाे प्रयोग हुने सम्भावना नभएको बताए ।
निर्वाचन आयोगले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भए असार मसान्तभित्र उपलब्ध गराइदिन सरकारलाई आग्रह गरेका थिए ।
‘यसपालि विद्युतीय भोटिङ मेसिनको सम्भावना रहेन, हामीले असार मसान्तभित्र आयोगलाई विद्युतीय भोटिङ मेसिन उपलब्ध गराइदिन आग्रह गरेका थियौं, तर सरकारले उपलब्ध गराउन सकेन’ उनले बताए ।
बिहीबारको मन्त्रिपरिष्द बैठकले ४ मंसिरमा एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने घोषणा गरेको हाे ।
FACEBOOK COMMENTS