काठमाडाैं । काठमाडाैं महानगरपालिका का मेयर बालेन्द्र शाह (बालेन)ले चलाएकाे अभियान गाउँ-गाउँसम्म पुगेकाे छ । मेयर शाहले अवैध रूपमा बनेका संरचना हटाउने अभियान काठमाडाैंमा सुरूगरेसँगै अन्य स्थानिय जनप्रतिनिधिले पिन अवैध संरचना हटाउन थालेका छन् । बालेनकाे सिकाे गर्दै देशका विभिन्न ठाउँका मेयर तथा पालिका प्रमुखले अवैध संरचना हटाउन थालेका हुन् । पाेखरा, हेटाैडा लगायत पालिकाहरूमा यस्ताे अभियान सुरू भइसकेकाे छ ।
पिछल्लाे समय पाल्पा जिल्लामा पनि अवैध संरचना हटाउन थालिएकाे छ । जिल्लाकाे रामपुर नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना हटाउने थालेकाे छ । नगरपालिका्भित्रका १० वटै वडामा सरकारी तथा सार्वजनिक जग्गामा बनेका विभिन्न संरचना हटाउने र कब्जा गरेका जग्गाको संरक्षण गर्ने नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ ।
अवैध रुपमा सार्वजनिक जग्गामा निर्माण भएका विभिन्न संरचना हटाउन नगरवासीलाई अनुरोधसमेत गर्दै नियम र कानुनको पालना गरेर काम गर्ने नगरप्रमुख रमणबहादुर थापाले बताए।
“रामपुर नगरपालिकालाई सफा, सुन्दर र स्वच्छ नगरपालिका बनाउने सङ्कल्प लिएका छौँ, नियम र कानुनभन्दा बाहिर जाने छैनाैँ”, उनले भने, “व्यक्ति आफैँ सचेत भएर नियम विपरीत बनाइएका संरचना हटाउन सहयोग गर्न हाम्रो आग्रह छ, सार्वजनिक र सरकारी जग्गाको संरक्षण गर्ने दायित्व नगर सरकारको हो ।” यस कार्यमा कसैले अटेर गरे कानुनी प्रक्रियाअनुुसार हटाइने रामपुर नगरपालिकाले जनाएको छ ।
FACEBOOK COMMENTS