काठमाडाैं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा समानुपातिक सूचीमा समेटिएका छन् ।
खस आर्य समुदायबाट महरा एक नम्बर समानुपातिकमा सूचीमा समेटिएको एक नेताले बताए । माओवादीले सोमबार निर्वाचन आयोगलाई सूची बुझाउने क्रममा महराको नाम समेत समानुपातिक सूचीमा राखेर पठाएको हो ।
तर, प्रवक्ता महराले आफ्नो समानुपातिक सूचीमा जाने इच्छा भएको प्रतिक्रिया दिए ।
‘मैले समानुपातिक सूचीमा जाने इच्छा देखाएको साँचो हो । पार्टीका नेताहरुले समेत सहमति जनाउनुभएको छ’ महराले भने, ‘आयोगमा सूची बुझाउँदा मेरो नाम समानुपातिक नाम राखिएको कि राखिएन थाहा भएन ।’ महरा दाङ क्षेत्र नम्बर २ बाट र एकबाट सिफारिस भएका थिए ।
उनी दाङ क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोखरेलसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले छोडेका छन् ।
FACEBOOK COMMENTS