काठमाडौं । टिभिएस मोटर कम्पनीले नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी नेपाली बजारमा सार्वजनिक गरेको छ । यो नयाँ मोडलमा टीभीएस स्मार्टोन्निक्ट कनेक्टिभिटि प्ल्याटफर्म, राइड मोडहरु छान्ने सुविधा हुनुको साथै हलुका वजन रहेको कम्पनीले जानकारी दिएको छ ।
यो भन्दा अगाडि नै कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टिभिएसले स्कुटर उध्योगमै सबैभन्दा पहिला नयाँ भोइस–असिस्ट फिचर युक्त स स्मार्टोन्निक्ट कनेक्टिभिटी प्ल्याट्फर्म सहितको लन्चसँगै स्कुटर उध्योगमा आफ्नो छुट्टै उदाहरण प्रस्तुत गर्न सफल भएको छ । यसमा मोड चेन्ज, नाभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डिएनडि लगायत अन्य थुप्रै कनेक्टिभिटि फसनहरु समावेश गरिएको छ । १२५ सिसि सेग्मेन्टमा १० एक् भन्दा धेरै पावर हुने यो नेपालकै एक मात्र स्कुटर हो । पहिलाको भन्दा सुधारिएको ग्यास फ्लो डाइनामिक्स र कम्बुस्चन ले यसको पावर डेलिभरी अझै राम्रो बनाएको छ । यसमा प्रयोग भएको एड्भान्स्ड इन्जिनियरिङ्ग पोलिमर र सर्वाधिक बलियो एलोए स्टिलले यस लाई अझ हलुका बनाएको छ जसले गर्दा यो स्कुटर चलाउन पनि सजिलो छ ।
स्टाइल
हेर्दा चिटिक्क परेका यो स्कुटरमा अरुको भन्दा भिन्नै र आकर्षक देखिने सिग्नेचर हेड ल्याम्प, एलइडि टेल ल्याम्प राखिएको छ र नाम अनुसार यसको कलर थिम र रेस इन्स्पायर्ड ग्राफिक्स् पनि रहेको छ । साथै स्पोर्टि रेड व्हीलस्ले यो स्कुटरलाई झनै स्टाइलिश देखाएको छ ।
ट्राइ–टोन कलर रिम सहित उपलब्ध यो स्कुटरको मुल्य ३ लाख ५ हजार ९०० रुपैयाँ रहेको छ ।
टीभीएस मोटर कम्पनी बारे
टिभिएस मोटर कम्पनी विश्वव्यापी रूपमा एक प्रतिष्ठित दुई र तीन पाङ्ग्रे सवारी उत्पादक कम्पनी हो, जसले भारतको होसुर, मैसुरु र नालागढ र इन्डोनेसियाको कारवाङमा चारवटा अत्याधुनिक उत्पादन सुविधाहरूसहितको सस्टेनेबल मोबिलिटीमा प्रगति हासिल गरेको छ ।
जगदम्बा मोटर्स बारे
जगदम्बा मोटर्स प्रा. लि. नेपालमा टिभिएस मोटर कम्पनीको सेप्टेम्बर २०१५ देखि एकमात्रआधिकारिक वितरक हो। कम्पनी शंकर समूहद्वारा संचालित छ। शंकर समूह सन् १९७९मा स्थापना भएको हो, जसको पछिका वर्षहरूमा व्यवसायीक पक्षमा प्रारम्भिक प्रवेश बढ्दै गएको थियो ।
FACEBOOK COMMENTS