दोधारा चाँदनी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि सुदूरपश्चिम प्रदेशबाट टेबल टेनिसमा महिलातर्फ कञ्चनपुरका चार जना छनोटमा परेका छन् ।
महिलातर्फ पाँच जना छनोट हुने खेलमा चार जना कञ्चनपुरबाट छनोटमा परेका हुन् । छनोटमा परेका कञ्चनपुरका देबकी भट्ट, एन्जला कार्की, ईन्दु ज्ञवाली र योगिता साउद छन् । उनीहरू चारै जनाले युटुबमा हेर्दै अभ्यास गर्दै राष्ट्रिय प्रतियोगिताको छनोटमा परेका हुन् ।
कञ्चनपुरमा टेबल टेनिसका लागि कोच नहुँदा युटुब हेर्दै सिक्दै गरेको उनीहरूले बताए । छनोटमा परेकामध्ये देबकी भट्ट र ईन्दु ज्ञवालीले यसअघि पनि राष्ट्रिय खेलकुद प्रतियोगिता प्रतिस्प्रर्धा गरिसकेका छन् । “अभ्यास गर्नका लागि ठाउँ छैन प्रशिक्षणका लागि प्रशिक्षक पनि हुनुहुन्न ।” छनोटमा परेका देवकी भट्टले भनीन्, “युटुब हेरेर आफैले अभ्यास गरेर यहाँसम्म पुगेकी छु ।” उनले टेबल टेनिस युटुबमा हेर्न र अभ्यास गर्ने गरेको बताए।
उनले छैऔँ राष्ट्रिय खेलकुद प्रतियोगितादेखि लगातार राष्ट्रिय प्रतियोगितामा प्रतिस्प्रर्धा गरेका छन् । तर अहिलेसम्म भने पदक हात पार्न सक्नु भएन । यस पटकको प्रतियोगितामा भने गोल्ड मेडल ल्याउने दाउमा रहेको उहाँले बताए ।
“प्रशिक्षक बिना नै युटुब हेरेरै भए पनि चौथो पटक राष्ट्रिय प्रतियोगितामा छनौटमा परेकी छु ।” उनले भने, “यसपटक त गोल्ड मेडल ल्याउने आशा छ ।” उनीसँगै छनौटमा परेका ईन्दु ज्ञवालीले पनि युटुब हेरेरै अभ्यास गर्ने गरेको बताए । “हामीले जे–जति सिकेका छौँ त्यो युटुबबाटै सिकेको हो ।” उनले भनिन्–“आफ्नै मेहनतले गर्दा राष्ट्रिय प्रतियोगितामा छनौट भएका छौँ ।” उनले पनि यस अघिको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्प्रर्धा गरेकी हुन्। खेलकुदका बारेमा राष्ट्रिय प्रतियोगिताका समयमा मात्रै जानकारी हुने ज्ञवालीले बताउए।
“जब राष्ट्रिय प्रतियोगिता हुन्छ त्यति बेला मात्रै हामीहरूले सूचना पाउने गरेका छौँ त्यसभन्दा अघि खेलकूदसम्बन्धी केही जानकारी हुँदैन ।” उनले भनिन्, “प्रशिक्षणको व्यवस्था भए हामीले पनि पदक लिएर आउथ्यौँ ।” राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोटमा परेका अर्का खेलाडी एन्जिला कार्कीले युटुब हेरेरै अभ्यास गर्ने गरेको बताइन् । उनीले टेबल टेनिस खेल्न र अभ्यास गर्नका लागि कञ्चनपुरमा सुविधा नभएको बताइन् । “हामीले आफै अभ्यास गरेर खेल्ने हो हाम्रो प्रतिस्प्रर्धी प्रशिक्षकबाट प्रशिक्षण लिएका हुन्छन् हामी भन्दै अगाडि नै हुनेभए ।”
जिल्ला खेलकूद समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले प्रशिक्षक बिनानै छनोटमा पर्न खुसीको कुरा भएको बताए। “भौतिक संरचना र प्रशिक्षणको अभावकाबीच पनि खेलप्रतिको लगाबले कञ्चनपुरका चारजना राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुनु हाम्रो लागि खुसीको कुरा हो ।” उनले भनिन्, “खेलाडीको खेलप्रतिको लगाबले यो सफलता मिलेको हो ।” उहाँकाले नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि कञ्चनपुरमा आड वटा खेलको छनोट भइरहेको बताए।
“टेबल टेनिसको महिलातर्फ छनोट भइसकेको छ पाँच जना कञ्चनपुरका एक जना बझाङका छन ।” उनले भनिन्, “भलिबल, तेकवान्डोको नतिजा साझसम्म आउछ ।” उनका अनुसार कञ्चनपुरमा भलिबल, कर्बडी, टेबुलटेनिस, तेकवान्डो, कराँते, फुलकन्ट्याक्ट कराँते, कुस्ती र आइटिस तेकवान्डो खेलको छनोटका खेल भइरहेका छन् ।
प्रतियोगिताको छनोटमा नौ सय ७८ खेलाडी प्रतिस्प्रर्धा गरिरहेका छन् । कञ्चनपुरबाट मात्रै ३१ वटा खेलका लागि चार सय २१ खेलाडी छनोट प्रतियोगिताको प्रतिस्प्रर्धामा छन ।
FACEBOOK COMMENTS