काठमाडाैं । राधी विद्युत कम्पनी लिमिटेडले आज असोज ५ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १स्१।४७५२ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा १०० प्रतिशतले हुन आउने९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०।९९ कित्ता कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले हकप्रद प्रयोजनका लागि भदौ १२ गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, साउन भदौ १० गते, शुक्रबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रदमा असोज २५ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।
FACEBOOK COMMENTS