नेशनल लाईफ इन्स्योरेन्सको वरिष्ठ अभिकर्ताहरुको राष्ट्रिय सम्मेलन “चेयरपर्शन क्लब” समारोह काठमाण्डौंमा सम्पन्न भएको छ । समारोहमा आर्थिक वर्ष २०७५÷०७६ मा मुलुक भरी रहेका कम्पनीको ४७,४०० अभिकर्ताहरु मध्ये उत्कृष्ट ब्यवसाय गर्ने २३७ जना अभिकर्ताहरुलाई सम्मानित गरिएको थियो ।
कार्यक्रमको समुद्घाटन गर्दै कम्पनी अध्यक्ष श्रीमती प्रेमा सिंहले कम्पनीको विविध पक्ष वारे जानकारी गराउदै कम्पनी वित्तिय एवं संरचनागत हिसाबले राम्रो रहेको, कम्पनीको जीवन बीमा कोष रु.२७ अरब भन्दा बढी पुगेको र चुक्ता पूँजी नियामक निकायले तोकेको २ अरब लाई पार गरेर हाल ३ अरब पुगेको अवगत गराउनु भयो । श्रीमती सिंहले वर्तमान प्रतिष्पर्धात्मक बजारमा कम्पनीले ब्यवसाय विस्तारको लागि शाखा विस्तार, प्रविधिमा लगानी र नँया बीमालेखहरुमा विशेष ध्यान दिइएको उल्लेख गर्नु भयो । ब्यवसाय विस्तार संगै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वमा समेत विशेष ध्यान दिएको र गत वर्ष देखि विपन्न वर्गका वाल(वालिकाहरुलाई शिक्षाको लागि आर्थिक सहयोग उपलब्ध गराउने हिसाबले “वाल(वालिका शिक्षा योजना छात्रवृत्तीकार्यक्रम” संचालन गरेकोमा गत वर्ष ६ जना विपन्न वर्गका वाल(वालिकाहरुलाई छात्रवृत्ती उपलब्ध गराइएको र चालु वर्षमा थप ९ जना गरी हाल सम्म जम्मा १५ जना वाल(वालिकाहरुलाई छात्रवृत्ती उपलब्ध गराइएकोजानकारी गराउदै आगामी वर्षहरुमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने अध्यक्षले प्रतिवद्धता ब्यक्त गर्नु भयो । कार्यक्रममा कार्यकारी प्रमुखश्री भरत वस्नेतले आ.व.२०७५÷०७६ मा कम्पनीले सन्तोषजनक ब्यवसाय गरेको र नेपालको जीवन बीमा क्षेत्रमा महत्वपूर्ण स्थान हासिल गरेको बताउनु हुदै ब्यवसाय संचालनको विविध पक्ष वारे जानकारी प्रस्तुत गर्नु भयो ।
FACEBOOK COMMENTS