काठमाडौं । काठमाडौं महानगरपानिकाले ४१ वटा संस्था तथा व्यक्तिका नाममा पत्र काटेको छ । १० दिन भित्र घरबाल कर तिर्न अनुरोध गर्दै महानगरले ४१ संस्था तथा व्यक्तिलाई पत्र काटेको हो ।
महानगरले उक्त संस्था तथा व्यक्तिलाई सम्पति विवरण सहित घरजग्गा/सम्पति कर र सोको जरिवाना बुझाउन अनुरोध गरेको हाे ।
यदि १० दिनभित्र कर र जरिवाना नतिरे महानगरपालिकाको राजस्व ऐन, २०७५ अनुसार कारबाही गर्ने महानगरले काटेको पत्रमा उल्लेख छ ।
महानगरको मेयर बालेन्द्र शाहले कर नतिर्ने संस्थाहरूलाइ लगातार पत्र काटदै आएका छन् । यसअघि पनि महानगरले विभिन्न संघ संस्थाहरूलाइ कर तिर्न अनुराेध गर्दै पत्र काटेकाे थियाे ।
महानगरले पत्र काटेको संस्था तथा व्यक्तिहरुको नाम:
१. भिजि अटाेमाेबाइल्स प्रालि, वडा नं २०
२. आदर्श नगर बिजनेश प्रालि, वडा नं २२
३. रञ्चना ट्रेड सेन्टर, वडा नं २२
४. नेपाल स्काउट, वडा नं २६
५. नेपाल सेन्टर फर डेभलमेयट एण्ड पाेलीसी स्टडीज प्रालि, वडा नं २८
६. नेम इन्स्टिच्युट फर मेडिकल एजुकेशन प्रालि, वडा नं २८
७. स्टार हाेल्डीङ्ग, वडा नं ३०
८. पुण्य मेन्सन प्रालि, वडा नं ३०
९. रिद्विसिद्वि डेभलपर्स, वडा नं ३२
१० वरूणा वेभरेज नेपाल, वडा नं ३२
११. रविन्द्र बहादुर मल्ल, वडा नं १
१२. सुभाष कुमार घिमिरे सानुभाइ बखुन्छे, वडा नं १
१३. मसिना अामात्य , वडा नं २
१४. रविना श्रेष्ठ, वडा नं २
१५. शिशु अर्याल, वडा नं २, ३१
१६. याेगनाथ पाैडेल, वडा नं १६
१७. प्रदीप रत्न ताम्राकार, उदय रत्न ताम्राकार र वियज रत्न ताम्राकार, वडा नं २०
१८. बसुन्धरा तुलाधर, वडा नं २८
१९. पुरूषाेत्तम संघाइ, वडा नं २८
२०. किरण संघाइ, वडा नं २८
२१. जय नेपाल हल, वडा नं १
२२. इम्पेरियल अपार्टमेन्ट क.लि, वडा नं १
२३. सगरमाथा इन्स्याेरेन्स, वडा नं १
२४. ग्लाेबल ट्रेडिङ्ग कन्सर्न, वडा नं १
२५. पुजा इन्टरप्राइजेज, वडा नं १
२६. ल्याण्डमार्क हाेटल, वडा नं १
२७. आेम सान इन्टरनेशनल, वडा नं ७
२८. वल्ड ट्रेड सेन्टर, वडा नं ११
२९. सिभिल मल, वडा नं ११
३०.सिटिसि मल, वडा नं ११
३१. एनअारटी क्लव, वडा नं ११
३२. बुद्धबारी कम्प्लेक्स, वडा नं १२
३३. सिग्नेचर अपार्टमेन्ट, वडा नं १२
३४. काठमाडाैं इन्जिनियरिङ्ग कलेज
३५. नेपाल रेडक्रस साेसाइटी, वडा नं १३,२८
३६. ब्लु बर्ड इन्भेष्टमेन्ट, वडा नं १३
३७. हाेटल प्लाटिनियम (महावीर प्यालेस), वडा नं १२
३८. आदर कम्प्लेक्स, वडा नं १४
३९. ब्याट्री कारखाना, वडा नं १६
४०. सिद्धार्थ वनस्थली स्कूल, वडा नं १६
४१. एडभान्स अटाेमाेबाइल्स, वडा नं २०
FACEBOOK COMMENTS