काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेको भन्दै बुधबार राजविराजमा राष्ट्रपतिको पुत्ला दहन गरेको छ ।
राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको ठाडो उलङ्घन गरेको भन्दै संविधान विरोधी राष्ट्रपतिको पुत्ला जलाइएको जसपाका अध्यक्ष केदार प्रसाद यादवले बताए ।
अध्यक्ष यादवको नेतृत्वमा निस्केको जुलुस नगरको विभिन्न स्थानको परिक्रमा गरी स्थानीय जनआन्दोलन चोकमा पुतला दहन गरेको हो ।
FACEBOOK COMMENTS