काठमाडौं । हिमालयन क्यापिटलले १ कात्तिकमा पाँचौं वार्षिक साधारणसभा हुने भएकाे छ ।
असोज ४ गते बसेको कम्पनीकोसञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो । सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव छ ।
त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । सभाले भविष्यामा अन्य कुनै मर्चेन्ट बैंकिङ्गसँग गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धि प्रस्ताव आएमा सोको सम्पूर्ण कार्यहरु गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
FACEBOOK COMMENTS