काठमाडौं । असोज ६ गते शुरु भएको नाडा ईभी एक्स्पो आज सकिदैछ ।पहिलो पटक भइरहेको विद्युतीय सवारी साधन एक्स्पोमा अवलोनककर्ताको उत्साहजनकसहभागिता रहेको नाडाले जनाएको छ ।एक्स्पोमा ७ वटा ब्राण्डका चार पाङ्ग्रे, एउटा तीन पाङ्ग्रे, १६ वटा दुई पाङ्ग्रे, ३ वटा टायर, २ वटा ब्याट्री, ९ वटा पार्टपुर्जाको सहभागित रहेको छ ।उक्त एक्स्पोमा ठूला तथा साना गरि ५१ वटा स्टल र ब्लकहरु रहने छन् ।आज अन्तिम दिन भएका कारणा अझै धेरै अवलोकनकर्ताको उपस्थिति रहने विश्वास नाडाले िलएको छ ।व्यक्त गरे ।एक्स्पोलाई व्यवस्थित बनाउन र प्रदर्शनी स्थलमा भिडभाड कम गर्न नाडाले खल्ती एप मार्फत अनलाईन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाएको छ ।असोज ५ गतेसम्मको अग्रिम अनलाइन टिकट खरिदमा विशेष सहुलियतका साथै प्रत्येक टिकट खरिदमा खल्ती एपबाट २५ प्रतिशत क्यास ब्याकको अफर समेत रहेको छ ।त्यसैगरि चार दिनसम्म चल्ने उक्त नाडा इभी एक्स्पोमा लगभग ४० हजार आगन्तुकहरुले अवलोकन गर्ने विश्वास रहेको नाडाले जनाएको छ ।
FACEBOOK COMMENTS